नयाँ संविधान बनेको धेरैलाई मन परेको छैन : प्रचण्ड
काठमाडौं , पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र नयाँ संविधान बनेको धेरैलाई मन नपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्डले विगतमा राज गरेकाहरुले यसलाई उल्टाउन बल गरेको समेत बताए ।
गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने भन्दै उनले भने, ‘जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदैपनि गद्दी खोसिदिन्छन् । राज्य उल्टिन्छ । राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन् ।’
नेकपा अध्यष प्रचण्डले नयाँ संरचनाको फाइदा घाटाबारे जनता पनि अन्यौलमा रहेको पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको धारणा राखे ।
‘नयाँ परिस्थिति पुरानोभन्दा भिन्न हुन्छ र मानिसलाई तुरुन्तै सहज लाग्दैन’ उनले भने, ‘पुरानो संरचनामा बानी परेका हामीलाई नयाँ संरचनाले फाइदा गर्ने हो कि घाटा भने जस्तो, नहिँडेको बाटो हिड्नुर्पयो जस्तो हुन्छ ।’
देशमा अहिले विल्कुलै फरक परिस्थिती सिर्जना भएको प्रष्टाए। ‘हामीहरुसँग परम्परागत संरचनामा बानी परेको छ। त्यसबाट पछि हट्न समय लागेको देखिन्छ’ उनले भने।
देश परिवर्तनका नायकहरूलाई कसरी दबाब दिन सकिन्छ भन्ने शक्ति सक्रिय भएर लागेको प्रष्टाए। त्यसबाट आफूहरू जोगिनुपर्ने भनाइ व्यक्त गरे। त्यसका लागि जनताले आफैँ बुझ्नपर्ने उनको धारणा छ।
आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटको प्रष्टाए। ‘अब मेरो पूरै जीवन समृद्ध नेपाल निर्माणमा लाग्नेछ’ उनले भने, ‘देशले अहिले विकास निर्माणमा कोल्टे फेर्ने विश्वास लिएको छु।’
अहिलेको सरकारले समृद्ध नेपाल निर्माणको लागि नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको बताए। नेपालको हावापानी वातावरण आफैँले पर्यटन तान्ने खालको रहेको जनाए।
प्रतिक्रिया दिनुहोस्