मकवानपुरबाट ५३ केजी गाँजासहित चार जना पक्राउ
काठमाडौं, पुस १९ । मकवानपुरबाट ५३ केजी गाँजासहित चार जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१५, रातोमाटेबाट प्रहरीले ५३ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मोतिहारी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलीपकुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्वलकुमार ठाकुर र रौतहट यमुनामाइ गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय विकाश सिंह रहेका छन् ।
मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा मकवानपुर प्रहरीले चार राउन्ड हवाइ फायर समेत गरेको छ । उनीहरुलाइ मुद्धा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भटराईले बताए ।
यसैगरी रातोमाटेबाट नै बुधबार राति २१ केजी गाँजासहित अर्का एक जना पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्