निर्देशनपछि एसपी मल्लले छाडे चितवन

काठमाडौं, पुस १८ । निर्देशनपछि प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवनबाट रमाना बुझेका छन् ।

प्रहरी प्रधान कार्यालयले पुस ४ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सरुवा गरे पनि चितवन प्रहरी प्रमुखमा रहेका मल्लले निर्णय लत्याउँदै जिल्ला छाडेका थिएनन् ।

अति भएपछि ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडाले बिहीबार उनलाई १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन नै दिनु परेको थियो ।

शुक्रबार बिहान उनले आफ्नो बरबुझारथ गरेर जिल्लाबाट रमाना लिएको चितवन प्रहरीले जनाएको छ ।

मल्लको स्थानमा भने एसपी गंगा पन्तलाई सरुवा गरिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालका पूर्वपीएसओ समेत रहेका मल्लले शक्तिको आडमा आफ्नै नेतृत्वले निर्णयलाई लत्याएर सरुवा गरेको स्थानमा जान अटेर गरेको प्रहरीका एक उच्च अधिकारीले बताए । राजनीतिक शक्तिको आडमा संगठनको चेन अफ कमाण्डलाई चुनौति दिएको आरोप समेत लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्