११ सय ग्राम सुनसहित दुईजना जना भारतीय नागरिक पक्राउ
काठमाडौं , पुस १८ । मलद्वारमा लुकाएर ल्याइएको ११ सय ग्राम सुनसहित दुईजना भारतीय पक्राउ परेका छन् ।
उनीहरुलाई विमानस्थल प्रहरी र महानगरीय प्रहरी अपराध महाखाको संयुक्त टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नविन गोपिचन र भरत सुरेश लाल रहेको महाशाखाका एसएसपी थापाले जानकारी दिए ।
उनीहरु दुवईबाट एयर अरेबियाको विमानबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । प्रहरीले उनीहरुले सुन ल्याएको सूचनाको आधारमा नियन्त्रणमा लिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।
उनीहरुलाई चेकजाँच गर्दा सुन नभेटिएपछि एक्सरेका लागि काठमाडौं मेडिकल कलेज लगिएको थियो । एक्सरे गर्दा उनीहरुले मलद्वारमा सुन राखेको भेटिएपछि फेरि विमानस्थलको शौचालयमा लगेर सुन निकाल्न लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्