नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा छ: मन्त्री भट्टराई

काठमाडौं , पुस १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताएका छन ।

आज काठमाडौंमा आयोजित ‘अन्तर्रा्ष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताएका हुन् ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा आयोजित विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने बताए ।

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवद्र्धनमा सहयोग पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस्