उखु किसान र चिनी उद्योगका समस्यामा सरकार गम्भीर छ: उद्योगमन्त्री भट्ट

काठमाडौं , पुस १७ । उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले चिनी मिल र उखु किसानको समस्या समाधान हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विषेश समय लिई उनले आगामी माघको पहिलो साताभित्रे समस्याको हल हुने बताएका हुन् ।

चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउँदै उनले सरकार गम्भीर रहेको र समग्रमा उखु खरिद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पारे ।

“उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भने, “ चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।”

उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बैठकमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्