सीमा अतिक्रमणबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं, पुस १७ । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अतिक्रमित भूमिको विषयमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ।

भारतीय सुरक्षाकर्मी सीमा क्षेत्रबाट हटाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको हो ।
सत्तारुढ दलका मुख्य सचेतक खिमलाल भट्टराईको प्रस्तावलाई कांग्रेसले समर्थन गरेको छ।

कांग्रेस सांसद सरिता प्रसाईले संकल्प प्रस्तावमा समर्थन जनाएकी छन्। प्रस्तावबारे खिमलाल भट्टराईले संसदमा भने, ‘भारतीय सीमा क्षेत्रबाट सेना हटाउने संकल्प प्रस्ताव पारित गर्न दर्ता गरिएको हो।’

प्रस्तावित संकल्प प्रस्तावमा उच्चस्तरीय कुटनीति राजनीतिक पहल गर्न आग्रह गरिएको छ। सीमा क्षेत्र रक्षार्थ नेपाली जनताको एकता अभूतपूर्व कायम रहेको उल्लेख गर्दै भट्टराईले भने, ‘सम्पूर्ण सीमाको समस्या समाधान गर्न र उच्चस्तरीय प्राविधिक समितिद्वारा गरिएको पहललाई निष्कर्षमा पु¥याउन संकल्प प्रस्ताव दर्ता गरिएको छ।’

प्रस्तावमाथि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छलफलमा भाग लिँदै सीमा समस्या समाधान गर्न पहल गरिरहेको भन्दै छिट्टै वार्ता गरेर टुंगोमा पुग्ने बताए । त्यसपछि राष्ट्रियसभा बैठकले सर्वसम्मत स्वीकृत गर्दै सरकारलाई कार्यान्वयनको पहल गर्न निर्देशन दिएको छ ।


देशको सीमा रक्षा पार्टीभन्दा माथि हुने प्रस्तावको समर्थन गर्ने कांग्रेस सांसद प्रसाईले बताइन्। नेपालीलाई सैह्य नहुने गरि छिमेकी देशले अतिक्रमण गरेको उनको भनाइ थियो। सबै क्षेत्रबाट एकता कायम हुँदाहँदै पनि सरकारबाट भएका पहल किन जानकारी दिइएन भनि प्रश्न उनले राखिन्। यस विषयमा सांसदहरुले आ आफ्नो धारण राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्