छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं, पुस १६ । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
भएको छ । कास्की, बर्दिया, रौतहट, दाङ र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएका खबर प्राप्त भएका छन् ।

कास्की, पोखरा महानगरपालिका(१४ चाउथेस्थित सडकमा ग.१ ख ९४०५ नम्बरको बस, ग.२ च २७२६ नम्बरको जिप र ग.१६ प ९५३७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने तनहुँ घर भएका १९ वर्षीय रोनश गुरुङ र जिप चालक पोखरा महानगरपालिका घर भएका ३६ वर्षीय सरोज लामाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये १ जनाको मणिपाल अस्पताल र अन्य १ जनाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, ठाकुरबाबा नगरपालिका(२ स्थित सडकमा लु.२ ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका(११ बस्ने २८ वर्षीय कर्ण बहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

रौतहट, मौलापुर नगरपालिका(२ चिरचिरयास्थित सडकमा ना.५ त ७३४५ नम्बरको ट्याक्टरले ना.३८ प ५१५३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका(१ बस्ने ४५ वर्षीय सुरेन्द्र राय यादवको नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा र मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने ६० वर्षीय राजेन्द्र राय यादवको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, बबई गाउँपालिका(२ रातामाटास्थित सडकमा रा.१ त ३२५७ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक बबई गाउँपालिका(५ जौबारी बस्ने २६ वर्षीय खुम बहादुर बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका सह(चालक सोही गाउँपालिका रातामाटा बस्ने २५ वर्षीय टोप बहादुर खत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका(५ अमखैया जंगलस्थित सडकमा यूपी.१७ टीए १०७७ नम्बरको मिनिबस र म.२ प ९०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेदकोट नगरपालिका(३ बस्ने ४४ वर्षीय जय बहादुर रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्