राष्ट्रियसभा निर्वाचनः ७ प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं , पुस १५ । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ७ प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आज स्थापना गरि सञ्चाललनमा ल्याएको आयोगले जनाएको छ ।
प्रदेश १ को मोरङ जिल्लाको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर र सुदूर पश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय मंगलबार स्थापना गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्