प्रदेश नम्बर ३ को राजधानी हेटौडा र नाम बागमती राख्ने नेकपाको निर्णय

काठमाडौँ , पुस १३ ।प्रदेश ३ को नाम ’वाग्मती’ राख्ने र राजधानी ’हेटौंडा’ बनाउने नेकपाले निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त प्रस्ताव राख्ने निर्णय गरेको हो।

प्रदेश नम्बर ३ को नाम बागमती राखिने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय भएको हो ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले आइतबार बसेको सचिवालय बैठकले सो निर्णय लिएको बताए । नेकपा केन्द्रको निर्णयअनुसार अब नेकपा प्रदेश नम्बर ३ ले प्रक्रिया अघि बढाउने छ ।

प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ रहेको छ । यसअघि नेकपाकै सांसदहरुबीच कुरा मिल्न नसक्दा प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्