दशगजा क्षेत्रमा बनाइएका संरचना हटाउन सुरु
काठमाडौं , पुस ११ । नेपाल भारतको सीमाको दशगजा क्षेत्र बनाइएका संरचनाहरु हटाउने काम सुरु गरिएको छ । । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा दशगजा क्षेत्रमा बनाइएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन थालीएको हो ।
रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।
दश गजाको अधिकांश भूभागलाई दुवै तर्फका स्थानीयवासीले निजी कामका लागि प्रयोग गर्दै आएका थिए । जंगे, मझौला तथा साना पिल्लरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका घरगोठका कारण कतिपय स्थानमा सीमा स्तम्भ खोज्न मुस्किल हुने गरेको थियो ।
भारतीय नागरिकहरुले दशगजामा रहेका भूभागलाई खेतका रुपमा समेत प्रयोग गर्ने गरेका छन् ।
गौर बैरगनिया जोडने मितेरी पुलको छेउमै भारतीय पक्षले भन्सारको चेक प्वाइन्टसमेत बनाएको छ । दशगजा क्षेत्रमा अवैध रुपले बनाइएका भौतिक संरचनाहरु हटाउने र सीमा क्षेत्र स्पष्ट रुपले बुझिने गरी राख्ने उद्देश्यका साथ अतिक्रमण हटाउने काम सुरु भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका उपरिक्षक रविन राज कर्ण्जितले बताए ।
‘हामीले परोहा नगरपालिकामा पर्ने पिल्लर संख्या ३५५, ३५५-१, ३५५-२, ३५-३, ४ र ५ सम्म रहेका सबै अतिक्रमण हटाइसकेका छौं’ सशस्त्र प्रहरी उपरिक्षक कर्ण्िजतले भने, ‘सबै सीमा स्तभ्महरुकोे तथ्याक पनि संकलन गरेका छौं ।’ यसरी दशगजामा बनाएका संरचना हटाउने कार्यले अहिले तिब्रता पाएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्