चिसोले जनजिवन प्रभावित , बुटवलका विद्यालय बन्द

काठमाडौं लगाएत देशभर चिसो बढेको छ । चिसोले जनजिवन नै प्रभावित भएको छ । काठमाडौं उपत्यकामा केहिदिन देखि अत्याधिक जाडो बढेको छ ।

तापक्रम निकै न्युन रहेको मौसमविद्ले बताएका छन् । उता तराइमा पनि चिसोले जनजिवन प्रभाति बन्न पुगेको छ । चिसो बढेपछि बुटवल उपमहानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय भएको छ।


शुक्रबारदेखि आइतबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो।स्थानीय विदाबाट कट्टी हुने गरी बिदा गर्नु हुन उपमहानगरका बरिष्ठ अधिकृत शिवनारायण शाहले बिहीबार सूचना निकालेर जानकारी गराएका छन्।

बिहीबार बसेको नगरपालिकाको बैठकले अत्याधिक चिसो बढेको भन्दै उपमहानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो। यस्तै तराइका केहि जिल्लामा पनि चिसोले विद्यालय बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्