सात दिनभित्र कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउन निर्देशन

काठमाडौं , पुस ११ । प्रार्य कर्मचारी सुगम ठाउँबाट दुर्गम ठाउँमा जना त्यति रुचाउँदैेन । सेवा सुविधा तथा अन्य कारणले पनि उनीहरु त्यहाँ जना आनाकानी गर्ने गर्दछन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएर पनि विभिन्न कारणले संघमै कार्यरत कर्मचारीलाई एक साताभित्र फिर्ता पठाउन ताकेता गरेको छ। एक साताभित्र जना समय दिएको छ ।

मन्त्रालयले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय, विभाग, आयोगलगायत संघअन्र्तगतका निकायलाई पत्र लेख्दै सात दिनभित्र कर्मचारी प्रदेश र स्थानीय तह पठाउन निर्देशन दिएको हो।

सामान्य प्रशासन मन्त्रालयअन्र्तगतका सबै निकायका सम्पूर्ण कार्यालयलाई पत्राचार गर्दै समायोजन भएका कर्मचारीलाई अनिवार्य रूपमा समायोजन भएको तहमा हाजिर गराउन भनेको हो।

‘समायोजन ऐन र यस मन्त्रालयले गत भदौ १५ गते गरेको पत्राचारबमोजिम समायोजन भएका कर्मचारी २१ दिनभित्र हाजिर हुन पठाउन भनी ताकेता गरिएकोमा हालसम्म पनि हाजिर हुन नगएको पाइएको छ,’ मन्त्रालयले भनेको छ, ‘कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न मितिको निर्णयानुसार प्रदेश प्रदेश तथा स्थानीय तहमा समयोजन भई हाल संघअन्र्तगतका विभिन्न निकायमा कार्यरत कर्मचारीहरुलाई सात दिन भित्र समायोजन भएको तहमा रमाना दिई हाजिर हुन पठाउन हुन र सो को जानकारी मन्त्रालयलाई गराउनुहुन अनुरोध छ।’

मन्त्रालयले यस विषयमा अनुगमन गर्ने र रमाना नदिने र हाजिर हुन नजाने कर्मचारीलाई समायोजन ऐन २०७५ अनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ। अटेर गर्ने तथा आनाकानी गर्ने त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्