सय जना सवार विमान दुर्घटना: मर्नेको संख्या १५ पुग्यो, ६० घाइते

एक सय जना सवार बेक एयरको जहाज काजकिस्तानमा दुर्घटना भएको छ। काजकस्तानको अल्माती एयरपोर्ट नजिकै शुक्रवार बिहान एक यात्रुवाहक विमान दुर्घटना हुँदा मर्नेको संख्या १५ पुगेको छ।

काठमाडौं, पुस ११ । दुर्घटना कम्तीमा ६० जना घाइते भएका छन्। एयरपोर्ट अधिकारीका अनुसार विमानमा ९८ जना सवार थिए। यिनमा ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य थिए। समाचार अनुसार ‘बेक एयर’ को उडान नम्बर जेड ९२१०० जहाज अल्माती शहरबाट राजधानी नुर सुल्तानतर्फ जाने क्रममा दुर्घटनाग्रस्त भएको हो। उड्ने बित्तिकै बिहान ७ बजेर २२ मिनेटमा जहाजले सन्तुलन गुमाउँदै दुई तले घरमा बजारिएको थियो।

उद्धारकर्मीले दुर्घटनाग्रस्त जहाजाबाट ८ जना बालबालिकालाई पनि जीवितै निकालेका छन्। रोयटर्सका अनुसार जहाँ दुर्घटना भयो, त्यहाँ बाक्लो कुहिरो थियो। तर दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन। कजाकस्तानका राष्ट्रपति कासम जोमार्टले घटनाप्रति दुस्ख जनाएका छन्।

उनले जहाज दुर्घटनाको कारण पत्ता लगाउन छानबिन आयोग गठनको घोषणा गरेका छन्।
राष्ट्रपतिले यो घटनामा संलग्न सबै दोषीलाई दण्डित गरिने बताए। कजास्तानको गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ६ जना बालबालिका पनि छन्।

प्रतिक्रिया दिनुहोस्