तारकेश्वरमा टिप्पर दुर्घटना , दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ, पुस ११ । तारकेश्वरमा टिप्पर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा दुर्घटना हुँदा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटनामा परेको हो ।
महानगरीय प्रहरी वृत बालाजुका अनुसार ट्रिपर तीव्र गतिका कारण दुर्घटना परेको बताएको छ । टिप्पर सडकबाट ५० मिटर तल आलुबारीमा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्