एनआइबिएलले एस क्यापिटललाई गाभ्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र एस डेभलपमेन्ट बैंक एक आपसमा गाभिए पनि गाभिन बाँकी रहेका सहायक कम्पनी एनआईबिएल क्यापिटल र एस क्यापिटलले लाभांश प्रस्ताब सहित दुबै कम्पनीले २४ असोजमा बार्षिक साधारणसभा डाकेका छन।

एनआईबिएल क्यापिटलले असोज २४ गतेका लागि आफ्नै सभाहल लैनचौरमा बिहान १०ः०० बजे साधारणसभा बोलाएकोछ। सभामा संचालक समितिले पारित गरेको कम्पनीको चुक्ता पूँजीको ९७ प्रतिशतले हुन आउने बोनस सेयर र २५ प्रतिशते
(बोनसमा लाग्ने कर सहित) नगद लाभांश प्रस्ताब लगिने भएको छ।

त्यसै गरि एस क्यापिटलले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५२ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गर्ने भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्त गरिसकेको अवस्थामा सहायक कम्पनी एस क्यापिटल पनि स्वतः नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीको रुपमा परिणत भईसकेकाले एनआईबिएल र एस क्यापिटललाई एक आपसमा गाभ्ने गाभिने प्रक्रिया अगाडी बढाउने प्रयोजनको लागि सञ्चालक समितिलाई आवश्यक कानूनी प्रकृया पुरा गर्न पूर्ण अधिकार दिने विशेष प्रस्ताव समेत सभामा लगिन लागिएको छ।

प्रतिक्रिया दिनुहोस्