आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु, एक अर्की महिला घाइते

काठमाडौं, पुस १० । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन् ।

जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १७ निवासी राजमतिदेवी साहको जाडो छल्न आगो तापीरहेकै बेला जलेर मृत्यु भएको हो ।

४० बर्षीया साह बुधबार साँझ आफ्नो आँगनमा आगो तापीरहँदा उनको शरीरमा आगो सल्केको थियो । एक्कासी सल्केको आगोले शरीरको अधिकांश भाग जलेको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपनि बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाहीमै आगो ताप्ने क्रममा अर्की एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको विष्णु गाउँपालिका वडा नम्बर १ की २५ वर्षीया सरस्वतीदेवी अगो ताप्ने क्रममा जलेर घाइते भएकी हुन् ।

आफ्नै घरमा आगो ताप्ने क्रममा बुधबार राति उनको शरीरमा आगो लागेको सर्लाही प्रहरीका प्रबक्ता एवं डिएसपी प्रतितसिंह राठौरले बताए । आगोबाट जलेकी पासवानको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्