मलेसियाले अवैध विदेशी श्रमिकलाई आममाफीको समय नथप्ने, घर फर्कने अवसर अब ५ दिन मात्र

काठमाण्डौ , पुस १० । अवैैध (कागजातविहिन) रुपमा बसिरहेका विदेशी नागरिकलाई ७ सय रिंगिट जरिवाना तिरेर सहज रुपमा स्वदेश फर्किन अवसर मलेसिया सरकारले दिएको छ । आममाफीको समय अब ५ दिन मात्र छ ।

मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रबिहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई गएको अगष्ट १ देखि यही डिसेम्बर ३१ सम्मको समय दिएको छ ।

अब यो अवसरको फाइदा लिन ५दिन मात्रै बाँकी छ । मलेसियाएको गएको अगष्टदेखि गैरकानुनी हैसियतमा मलेसियामा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ताको अवसर दिन ‘ब्याक फर गुड प्रोग्राम’ कार्यक्रम नै सञ्चालन गरेको छ ।

यो अवसरको सदुपयोग गरेर फर्किनका लागि श्रमिकले आफ्नो देशको दूतावासमा गएर यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्छ ।

त्यसरी पुग्ने श्रमिकलाई अध्यागमन अधिकारीले बायोमेट्रिकलगायत विवरण संकलन गरी अध्यागमन सिस्टममा सूचीकृत गरी मलेसियाबाट बाहिरिने पास उपलब्ध गराउछन् ।
यसैबीच मलेसिया सरकारले अवैध विदेशी श्रमिकलाई दिएको आममाफी (व्याक फर गुड)को समय नथप्ने भएको छ ।

मलेसियाको अध्यागमन विभागका उच्च अधिकारीहरुले डिसेम्वर ३१ तारिखसम्मका लागि दिइएको आममाफी कार्यक्रमको समय नथप्ने विषयमा सम्बन्धित देशमा नियोगलाई जानकारी गराएका छन् ।

अध्यागमन विभागका प्रमुख खैरुल दाज्मी दाउदले विदेशी श्रमिकलाई स्वदेश फर्कन दिएको आममाफी (व्याक फर गुड) समय नथप्ने उदघोष गरेको मलेसिया स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

मलेसियास्थित नेपाली दूतावासले अवैध रुपमा बसेका श्रमिकलाई नेपाल आममाफीको समय भित्र स्वेदश फर्कन अपिल गदै आएको छ ।

मलेसियोको पेनाङस्थित अध्यागमन कार्यालयले दुई दिनमा १ हजार २ सय अवैध श्रमिकको कागजात बनाएर स्वदेश फर्कन अवसर दिएको जनाइएको छ । यस्तै सुभाङजया स्थित कार्यालयले पनि दैनिक ६ सयको हाराहारी अवैध कामदारको कागजात बनाइरहेको जनाएको छ ।

आगामी डिसेम्वर ३१ भित्रमा ५ हजारभन्दा धेरै नेपालीले आममाफी कार्यक्रममा सहभागि हुने दूतावासको अनुमान छ ।।
यो अवसरको सदुपयोग गरेर फर्किनका लागि श्रमिकले आफ्नो देशको दूतावासमा गएर यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्छ ।


त्यसरी पुग्ने श्रमिकलाई अध्यागमन अधिकारीले बायोमेट्रिकलगायत विवरण संकलन गरी अध्यागमन सिस्टममा सूचीकृत गरी मलेसियाबाट बाहिरिने पास उपलब्ध गराउछन् ।
यसैबीच मलेसिया सरकारले अवैध विदेशी श्रमिकलाई दिएको आममाफी (व्याक फर गुड)को समय नथप्ने भएको छ ।

मलेसियाको अध्यागमन विभागका उच्च अधिकारीहरुले डिसेम्वर ३१ तारिखसम्मका लागि दिइएको आममाफी कार्यक्रमको समय नथप्ने विषयमा सम्बन्धित देशमा नियोगलाई जानकारी गराएका छन् ।

अध्यागमन विभागका प्रमुख खैरुल दाज्मी दाउदले विदेशी श्रमिकलाई स्वदेश फर्कन दिएको आममाफी (व्याक फर गुड) समय नथप्ने उदघोष गरेको मलेसिया स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

मलेसियास्थित नेपाली दूतावासले अवैध रुपमा बसेका श्रमिकलाई नेपाल आममाफीको समय भित्र स्वेदश फर्कन अपिल गदै आएको छ ।

मलेसियोको पेनाङस्थित अध्यागमन कार्यालयले दुई दिनमा १ हजार २ सय अवैध श्रमिकको कागजात बनाएर स्वदेश फर्कन अवसर दिएको जनाइएको छ ।

यस्तै सुभाङजया स्थित कार्यालयले पनि दैनिक ६ सयको हाराहारी अवैध कामदारको कागजात बनाइरहेको जनाएको छ । आगामी डिसेम्वर ३१ भित्रमा ५ हजारभन्दा धेरै नेपालीले आममाफी कार्यक्रममा सहभागि हुने दूतावासको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्