रुपन्देही जिल्ला अदालतका नासु र लेखापाल घुससहित पक्राउ

काठमाडौं, पुस ९ ।अख्तियार दुरुपयोग अनुसन्धानले रुपन्देही जिल्ला अदालतमा कार्यरत नायब सुब्बा र लेखापाललाई दुई हजार घुस रकमसहित पक्राउ गरेको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखासम्बन्धी कामकाज गर्न खटिएका लेखापाल विनोद शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत नासु बुद्धिप्रकाश न्यौपानेलाई पक्राउ गरिएको हो ।


उनीहरुले सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनीहरूबारे थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्