चिनियाँ नागरिकलाई ५ दिनको म्याद थप , ७४७ मोबाइल र ३३१ ल्यापटप बरामद
काठमाडौं, पुस ९ । काठमार्डौंबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई ५ दिनको म्याद थप गरिएको छ। पर्यटक भिसामा प्रवेश गरेर नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले काठमाडौैंको मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो।
उनीहरुलाई तारकेश्वर १ मनमैंजु, महाराजगन्ज बुढानीलकण्ठ ३ का ९ वटा घरमा छापा मारी पक्राउ गरिएको थियो। उनीहरुबाट ७४७ थान मोबाइल, ३३१ थान ल्यापटप, ९८ थान सीपीयु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड र ६७ वटा पासपोर्ट बरामद भएको थियो।
चिलीको सान्टियागोमा भएको इन्टरपोलको ८८ औं महासभामा एनसीबी बेइजिङ र एनसीबी काठमाडौंका प्रमुखबीच सीमापार साइबर अपराधबारे जानकारी आदानप्रदान गरेअनुसार नेपाल प्रहरीले सूचना विकास गरेको थियो।
त्यसैअनुसार चिनियाँ प्रहरीको समेत सहयोगमा प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा उनीहरुले महिला प्रहरीमाथि समेत दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्