किन भयो शिखर सुजको सेल मेलामा अबरोध ?
काठमाडौं । शिखर सुजले जाडोलाई मध्यनजर गर्दै यहि पुष २२ गते देखि आगामी माघ ६ सम्म राजधानीको भृकुटीमण्डपमा सेल मेला गरेको छ । शिखर सुजले मेला गर्दै गर्दा फुटवेयर म्यानुफ्याक्चर्स एसोशियसनका अध्यक्ष, नेपाल जुत्ता चप्पल व्यवसायी एवं केहि प्रतिष्पर्धिहरुले भने अवरोध गरेका छन । यसले गर्दा आयोजक र संघबीचको विवाद चरमोत्कर्षमा पुगेको छ ।
यस्ता किसिमको सेल मेलाले उपभोक्ताले सस्तोमा जुत्ताचप्पल पाउनुका साथै हरेक उत्पादनलाई छानी छानी किन्न पाउने आयोजकको दावी छ, भने यसले साना व्यापारीलाई चोट पुग्नुका साथै मारमा पर्ने संघको दावी छ ।
जाडोको सिजनमा उपभोक्तालाई न्यानो जुत्ता चप्पल उपलब्ध गराउने उद्देश्यले विन्टर सेल मेलाको आयोजना गरिएको र यो नै सम्भवत अन्तिम सेल मेला भएको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । मध्य जाडोमा सस्तोमा जुत्ता चप्पल किन्न पाएपछि उपभोक्ताहरुको भीड अत्याधिक बढेको छ । यसरी सेल मेलामा उपभोक्ताहरुको भीड बढेपछि प्रतिष्पर्धीलाई असह्य भई शिखर सुजको मेला स्थलमा आएर सस्तोमा जुत्ता चप्पल बेचेको र निम्न व्यापारीलाई मर्का परेको भन्दै विरोध गरेको मेला आयोजको दावी छ ।
यसरी अन्य जुत्ता उत्पादक एवं प्रतिष्पर्धीहरुले केहि फुटकर व्यापारी र व्यवसायीको मिलेमतोमा सबै व्यवसायीको रक्षक संघले वास्तविक कुरा नै नबुझी खुद्रा व्यापारीका नाममा प्लेकार्ड बोकी मेलास्थलको गेटमा धर्ना दिने र मेलामा अवरोध गर्ने प्रयास गरेको प्रति शिखर सुजले गम्भिर आपत्ति प्रकट गरेको छ ।
व्यवसायीलाई प्रमोट र राज्यबाट अधिकार सम्पन्न बनाउनको लागि पहल गर्ने निकाय संघले नै यसरी मेलामा अवरोध गर्नु नाजायज भएको प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । उनले भने, “प्रहरीे समक्ष निम्न व्यापारीको वार्तामा फुटवेयर एसोसिएसनका अध्यक्ष रविन श्रेष्ठ र कोषाध्यक्ष नानीराम घिमिरे विरोध गर्नेहरुको पक्षबाट वकालत गर्नु कत्तिको जायज कुरो हो । ”
“माघ ६ गते सम्म लाग्ने र यो नै संभवत जुत्ताचप्पलको अन्तिम सेल मेला हुने”
मेला स्थलमा खुद्रा व्यापारीका नाममा अबरोध गरिएको थियो । शिखर सुजका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले भने, “वार्ता गर्ने बेलामा भने फुटवेयर एसोसिएसनका साथीहरु पो प्रकट भए । उनीहरुले व्यवसायलाई प्रमोट र स्वस्थ प्रतिस्पर्धी गर्नुको साटो ब्यवसायमा नै अबरोध सिर्जना गरेको प्रति दुःख लागेको छ ।”
शिखर सुजले जाडोलाई लक्षित गरेर ग्राहकलाई सस्तोमा जुत्ता उपलब्ध गराउन विन्टर सेल मेला आयोजना गरेको हो ।
प्रबन्धक प्रसाईले भने, ‘जुत्ता उत्पादकले आफ्नो जुत्ता सस्तोमा ग्राहकलाई सिधै बेच्छु भन्दा किन नपाउने ? सक्नेले आफू पनि सस्तोमा जुत्ता दिनु । त्यसो गर्न नसक्नेले अरुले सस्तोमा बेचेकामा अबरोध गर्न खोज्नु हाँस्यास्पद कुरो हो ।’
जुत्ता खरिद गर्न पुगेको उपभोक्ता श्याम पौडेललाई हामीले सोध्दा उनले भने, ‘सस्तोमा जुत्ता किन्न पाउने सेल मेला गर्न अबरोध गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ । बजारमा प्रतिष्पर्धाले मूल्य निर्धारण गर्न पाउनु पर्छ । ग्राहकले छानेर सस्तोमा सामान किन्न पाउनु अधिकार हो ।’
यस अघि मेला स्थलमा शिखर सुजले टेन्ट निर्माण गर्न सुरु गर्नासाथ फुटवेयर म्यानुफ्याक्चर्स एसोशियसनको अध्यक्ष रविन श्रेष्ठको नेतृत्वमा गएको समूहले मेलामा स्टल बनाउन अबरोध गरेको मेला आयोजकले बताए । उनले शिखर को वढ्दो लोकप्रियताबाट आत्तिएका केहि समूहहरुले केहि समययता हामीहरुलाई हाम्रै एसोसियसनको नाममा दपेट्ने प्रयास गरि हुल हुज्जत गरेको प्रति खेद प्रकट गरे । उनले एउटा सदस्यले आफ्नो व्यापार प्रवद्र्धनका लागि गर्न लागेको मेलालाई समर्थन जनाउनुको साटो उल्टै अवरोध सिर्जना गर्नु एसोसियसनको मर्म र उद्देश्य विपरित भएको जिकिर गरे ।
जाडोमा सस्तो र न्यानो जुत्ता शिखर सुजले जोडो यामलाई मध्यनजर गर्दै उपभोक्तालाई राहत दिने उदेश्यले मेलामा जोडीको ४ सय रुपैयाँ देखि माथि न्यानो जुत्ता मेलामा उपलब्ध गराएको छ । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म, डिएमएस बुट लगायत सबै प्रकारका जुत्ता राखिएको छ ।
“व्यवसायलाई प्रमोट र स्वस्थ प्रतिष्पर्धा गर्नुको साटो व्यवसायमा नै अबरोध सिर्जना गरेको प्रति दुःख लागेको छ ।”
शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले मेलामा ७५ प्रतिशतसम्म छुट दिइएको बताए । उनले मेलामा २५ भन्दा बढी नयाँ मोडलका जुत्ता सार्वजनिक गरेको जानकारी दिए ।
भर्खरै उत्पादन गरेका जुत्ताचप्पलमा समेत १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ । शिखरको विन्टर सेल मेलामा ५ सयभन्दा वढी डिजाइनका जुत्ता चप्पल राखिएको निर्देशक प्रसाईले बताए ।
उनले माघ ६ गते सम्म लाग्ने र यो नै संभवत जुत्ताचप्पलको अन्तिम सेल मेला हुने बताए । मेला विहान ८ देखि बेलुका ७ बजेसम्म खुल्ने छ ।
प्रतिक्रिया दिनुहोस्