काठमाडौंबाट १२२ जना चिनियाँ नागरिक पक्राउ, अभद्र व्यवहारमा मुद्दा चलाइने

काठमाडौँ , पुस ८ । सोमबार राजधानीका विभिन्न तीन स्थानबाट १२२ जना चिनियाँ नागरिकलाई पक्रा गरिएको गरियो । उनीहरुलाई नेपालमा बसेर अवैध क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैबीच पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी गरेको छ । काठमाडौँ प्रहरी परिसर स्रोतका अनुसार ‘डीपोर्ट’ नहुँदासम्म उनिहरुलाई अभद्र व्यवहारमा मुद्धा चलाएर हिरासतमा तयारी राख्ने तयारी भएको हो।

चीन सरकारको सूचनापछि काठमाडौँ प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले सोमबार राजधानीका मनमैजु, बुढानिलकण्ठ र बाँसबारीमा चिनियाँले भाडामा लिएर बसेका घरमा छापा मारेको थियो।

पक्राउ पर्नेमा ९ जना महिला चिनियाँ नागरिकसमेत छन्। नेपालमा बसेर अनलाइनमार्फत चिनमा अवैध क्रियाकलाप गरि बसेको आरोप उनीहरुमाथी छ। उनीहरु मध्ये अधिकांश पर्यटक भिसामा नेपाल आएको दाबी प्रहरीको छ।

आफ्ना नागरिकले विभिन्न देशमा बसेर अवैध क्रियाकलाप गरिरहेको निष्कर्षपछि चिन सरकारकै सक्रियतामा विभिन्न देशमा संकास्पदहरुमाथी अप्रेसन चलिरहेको छ।

नेपालमा पक्राउ परेका यी सबै चिनियाँ नागरिकलाई स्वदेश लगेर मुद्धा चलाउने तयारी चीनको छ। अभद्र व्यवहारमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिने गर्दछ।

एसियाका विभिन्न देशहरुमा चिनियाँ ह्याकर सक्रिय छन् । एसियाका भियतनाम, कम्बोडिया, इण्डोनेशिया, लाओस, मलेशिया बसेर उनीहरुले चीनकै बिरुद्ध समेत विद्युतीय अपराध संचालन गरिरहेका थिए ।

आफ्नै देशका नागरिकहरु विभिन्न देशहरुमा पुगेर चीन बिरुद्ध विद्युतीय अपराध संचालन भैरहनुलाई चीनले गम्भिरताका साथ लिदै आएको थियो । त्यसका लागि चीनले सूचना संयन्त्रलाई बलियो बनाएको थियो । चीनले यसअघि भियतनाम, कम्बोडिया, मलेशियामा बसेर विद्युतीय अपराधमा संम्लग्नहरुलाई सम्बन्धित मुलुकको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

सोमबार काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकहरुमध्ये अधिकांश विगतमै विद्युतीय अपराधमा संलग्न रहेको पाइएसँगै नेपाल प्रहरीले अनुशन्धानलाई फराकिलो ढंङ्गबाट अघि बढाएको छ । त्यमसा चीन सरकारले समेत अनुसन्धानमा सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्