फोहोर फाल्नेलाई पक्रिन काठमाडौंमा प्रहरी परिचालन

काठमाडौं– काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई पक्रिन प्रहरी परिचालन गरेको छ । जथाभावी फोहोर फाल्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न महानगरपालिकाले प्रहरी परिचालन गरेको हो ।

प्रहरीले बाटोघाटो र गल्लीतिर जथाभावी फोहोर फाल्नेलाई पक्राउ गरी कारवाही गर्नेछ । बिहानैदेखि चोकचोक र गल्लीमा प्रहरी खटिएका छन् । उनीहरुले फोहोरमैलाको समेत अनुगमन गर्ने महानगरपालिकाले जनाएको छ ।

प्रहरीको टोलीले महानगरको ३२ वटै वडामा अनुगमन गर्नेछ । फोहोरमैला व्यवस्थापन ऐनमा जथाभावि फोहोर फाल्नेलाई ५ सयदेखि १ लाखसम्म जरिवाना वा ३ महिना कैद वा दुुुुवै सजाय हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्