ल्होसारमा सार्वजनिक विदा दिन सरकारसँग गुरुङ समुदायको माग
काठमाडौं, पुस ५ । ल्होसारमा सार्वजनिक विदा दिन गुरुङ समुदायको माग गरेका छन् । गुरुङ समुदायले गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार (पुस १५) सहित अन्य जनजातिका पाँच मुख्य पर्वमा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका हुन् ।
वर्तमान सरकारले तमु ल्होसारको विदा कटौति गरेका कारण यस वर्षको ल्होसारलाई आन्दोलनकै रुपमा मनाउने उनीहरुको तयारी छ ।
२०६२(२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिने निर्णय गरेको थियो ।
तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी ल्होसारसहित उधौली, उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक विदा दिन माग गरेको छ ।
गुरुङ राष्ट्रिय परिषद रुपन्देहीकी अध्यक्ष विमला गुरुङले आदिवासी जनजातिका पर्व र कला संस्कृतिहरु सम्बन्धित जातिको मात्र नभई सिंगो मुलुुकको साझा सम्पत्ति भएकाले उनीहरुका पर्वमा सार्वजनिक विदा दिइनुपर्ने माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्