भारतमा अशान्ति चाहनेहरु नेपाली सीमा प्रयोग गरिरहेका छन्ः भारतीय गृहमन्त्री

काठमाडौं, पुस ४ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालमा चार्चाको विषय बनेको छ । यति बेला सबैले आ आफ्ना टिपण्णी गरिरहेका छन् ।

सरकाले पनि यसको सामाधान कुटनितिक पहलबाटै गर्ने बताएको छ । हिजो मात्रै सिमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्ने निर्णय गरेको छ । यता भारतका गृहमन्त्री अमित शाहले भारतमा अशान्ति चाहने तत्वहरुले खुला सीमाको प्रयोग गरिरहेको बताएका छन्। खासगरी नेपाली खुला सीमाको त्यस्ता तत्वहरुले प्रयोग गरेको उनले बताएका छन्।

भारतमा अशान्ति देख्न चाहनेहरु नेपाली सीमाको प्रयोग गरेर घुसपैठ गरिरहेको शाहले बताए।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अमित शाहले सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गएको एक वर्षमा ५४ ’घुसपैठिया’ सहित दुई पाकिस्तानीलाई सीमामा पक्राउ गरिएको बताएका छन्। ति घुसपैठिया पाकिस्तानी समेत गरेर २४ देशका छन्।

सशस्त्र सीमा बल (एसएसबी) नेपाल र भूटानको १ हजार ७ सय ५१ किलोमिटर लामो सीमाको सुरक्षामा रहेको छ। शाहले नेपाल र भूटानसँगको सम्वन्ध मैत्रीपूर्ण रहेको बताएका बताउँदै सुरक्षाबललाई यी देशका नागरिकसँग सम्मानपूर्ण व्यवहार गर्न समेत भनेका छन्।


नेपाल र भूटानसँगको सम्वन्ध मैत्रीपूण रहेकाले खल्ल पुगाउने कार्य नगर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्