चन्द्रागिरिबासी आमरण अनसनमा, मानवबस्तीमा इँटाभट्टा ठिक हो ?

काठमाडौं । शहरलाई सुन्दर र हराभराई बनाउ विरुवा रुख रोपण, धुलो मुक्त सडक, ढलनिकास, पानीको राम्रो प्रबन्ध र मिलेको बस्ती हुन आवश्यक छ । काठमाडौं राजधानी भएता पनि त्यस्तो व्यवस्थित छैन । घना बस्तीको बीचभागमा कालो धुँवा पुत्पुताउँदै गरेको इँटाभट्टाहरूले चन्द्रागीर नगरपालिका लगायत क्षेत्रलाई अस्तव्यस्त बनाएको छ ।


मानव जीवनमा प्रतिकूल असर पारेको भन्दै उद्योगहरू बस्तीबाट हटाउन तत्काल हटाउन माग गर्दै इँटाभट्टापीडित मूल संघर्ष समितिले नहटाए आमरण अनसन सम्मका संघर्ष कार्यक्रम घोषणा गरेकाछ ।

संघर्ष समितिले पुस ३ गते नगरपालीका घेराउ संकेतिक तालाबन्दी, ५ गते गुर्जुधारामा कोण सभा, ६ गते थानकोट चोकमा कोण सभा, ७ गते नागढुंगामा कोणसभा, ८ गते तिनथानामा कोणसभा, ९ गते आघाघण्टा मुलसडकमा चक्का जाम, १० गते २ दिने रिले अनसन र त्यसपछि पनि माग पुरा नभए अनिश्चित कालीन आमरण बस्ने घोषणा गरेको छ ।

चन्द्रागिरिमा घना बस्तीमा रहका इँटा भट्टाहरूले कालो धुँवाले श्वासप्रश्वास, भट्टाकै कारण बिहान ३ बजेदेखि सुत्न नसकिएको, व्यायामका लागि टोलमा निस्कन नसकिएको, धूलो र धुवाँले वातावरण प्रदूषित बनेको, सडक बिग्रिएको, घर वरिपरि ठूला–ठूला खाल्टा बनाएकोे र बिरामीको संख्या दिनानुदिन बढैदै गएको भन्दै स्थानीय बासन्दिाहरु आन्दोलीत भएका हुन् । नगरबासीहरुल नगरपालीका कार्यलयमा समेत बुधबार घराउगर्दै नारावाजी गरि तत्काल इँटाभट्ट बन्द गर्न दवाव दिएको छ ।

२१ सदस्यीय इँटाभट्टापीडित मूल संघर्ष समिति गठन गरि विभिन्न संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । जसको संयोजकमा समितिका अध्यक्ष मुकुन्द घिमिरेले गरेको छन् ।

चन्द्रागिरि नगरपालीका अन्तर्गत थानकोट, सतुंगल, नैकापा, मच्छेगायँ, मातातिर्थ, झुलपोरी, हराभरा विष्णुदेवि लगायत स्थानमा सञ्चालित इँटाभट्टाहरूले गाउँको कुरुप बनाएको छ । स्वच्छ चन्द्रागिरि अभियानका लागि इँटाभट्टाहरू बाधक भएको संघर्ष समितिको ठम्याइ गर्दै ऐतिहासिक चन्द्रागिरि क्षेत्रका सम्पदाहरू सहित कीर्तिपुरका सम्पदामा समेत उद्योगले क्षति पुर्याएको अध्यक्ष घिमिरेले बताए ।

घना बस्तीमा रहेको भट्टाले मानव जीवनमा असर पारेको भन्दै थानकोट क्षेत्रमा इँटाभट्टा भत्काउन ०६९ देखि अभियान चलाइएको थियो । तत्कालीन वाण भञ्ज्याङ गाविसमा ०६९ मा चलाइएको आन्दोलनले दुई वटा उद्योग बिस्थापित भए । यस्तै ०७० र ७१ मा भट्टा विरुद्धको त्यस्तै आन्दोलनले दहचोक गाविसबाट पनि भट्टाहरू बन्द र विस्थापित भएका थिए । ०७२ मा चन्द्रागिरि नगरपालिकाको नगरसभाले बस्तीमा प्रदूषणकै कारण भट्टा बन्द गर्ने निर्णय गरेको थियो ।

नवगठित नगरपालिकाले सबै उद्योग बन्द गर्न उतिबेलै पत्राचार गरेको नगरपालिको अभिलेखमा देखिन्छ । व्यवसायीले लगानी डुब्ने भन्दै समय मागेपछि उद्योगहरू सञ्चालनमा थिए । तर ०७६ साउन १ मा सबै उद्योगलाई चन्द्रागिरि छोड्न पुनः नगरपालिकाले पत्राचार गरेको छ । कार्तिक ३ गतेदेखि दबाव समूह नै बनाएर स्थानीय बासिन्दा पनि उद्योग बन्द गराउन लागि परेका छन् ।

२०६८ को जनगणना अनुसार, हालको चन्द्रागिरि नगरपालिका रहेको विभिन्न गाविसको कुल रैथाने घरधुरी संख्या ८० हजार हाराहारीमात्रै थियो । चन्द्रागिरि नगरपालिका क्षेत्रमा हाल सञ्चालित इँटा उद्योगहरू तत्कालीन गाउँ विकास समितिको कार्यालयको सिफारिसमा सञ्चालनमा आएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । तत्कालीन समय बस्ती भएको ठाउँमा गाविसले कुनै पनि इँटाभट्टा खोल्नका लागि सिफारिस नगरेको उनको भनाई छ ।

केही समयअघिको एक सर्वेक्षण अनुसार, नगरपालिका क्षेत्रमा रैथाने घरधुरी संख्या १ लाख २५ हजार नाघेको छ । प्राप्त आँकाडामै २५ प्रतिशतभन्दा बढीको वृद्धिदर भएको नगरपालिकाले जनाएको छ । भाडामा अस्थायी बसोबास गर्ने तथा स्थायी संरचना बनाएर पनि बसाइँसराइ नल्याएका अन्य हजारौं नयाँ घरहरू नगरपालिकामा थपिएको र अभिलेख बन्नै बाँकी रहेको नगरपालिकाको दाबी छ ।

संघर्स समितिका अध्यक्ष घिमिरेको घर इँटाभट्टाबाट टाढा छैन । भट्टाको प्रदूषणबाट पीडित हुने अरू कैयौंमध्ये आफू पनि एक भएको उनी बताउँछन् ।

तर घिमेरेको घर नजिक इँटाभट्टा खुलेको नभई उनी आफैं भट्टा नजिक घर बनाउन आएको इँटा उद्योगी बताउँछन् । काठमाडौं इँटा उत्पादक संघको दाबी अनुसार, अहिले पीडित भन्दै आन्दोलनमा उत्रेकाहरू सबै सस्तोमा जग्गा र इँटा पाइन्छ भनेर नजिक आएर बसेका हुन् ।

काठमाडौं जिल्लाभरि दुई वर्ष अघिसम्म २४ वटा इँटाभट्टा सञ्चालनमा थिए । तर अहिले घटेर १० वटामा आइपुगेको काठमाडौं इँटा उत्पादक संघले जनाएको छ । हाल चन्द्रागिरि नगरपालिकाअन्र्तगत थानकोट क्षेत्रमा ८ र दक्षिणकाली क्षेत्रमा २ वटा उद्योगहरू मात्र सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्