भारतभर प्रदर्शन, इन्टरनेट काटियो, १७ वटा रेलवे स्टेशन बन्द

काठमाडौं, पुस ३ गते । भारतमा ल्याइएको नागरिकता संशोधन विधेयकका कारण त्यहाँ आन्दोलन झन् चर्किँदै गएको छ । आज वामपन्थी दलहरुले भारत बन्द कार्यक्रमको आयोजना गरेका छन् । अन्य दलले पनि सो बन्दको समर्थन गरेका छन् ।

प्रहरीले विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई संघीय राजधानी नयाँ दिल्लीसमेत देशका विभिन्न भागबाट गिरफ्तार गरेको बीबीसीले जनाएको छ ।

नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो ।
नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरोध प्रदर्शन हुँदै आएको छ ।

दिल्ली पुलिसले मोबाइल र इन्टरनेट सेवा प्रदायकलाई यसअघि सेवा बन्द गर्न पत्राचार गरेको थियो । त्यसैगरी, दिल्लीको १७ मेट्रो स्टेशन समेत बन्द गरिएको छ । दिल्ली मेट्रोका अनुसार बाराखंभा, बसंत बिहार, मंडी हाउस, उद्योग भवन लगायतको स्टेशन बन्द गरिएको हो । उक्त स्टेशनमा आवतजावत गर्ने ट्रेन रोक्न बन्द गरिएको छ ।

नागरिकता कानूनको विरोधमा बामपंथी पार्टी र मुश्लिम संगठनले बिहिबार भारत बन्दको आव्हान गरेको थियो ।दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा प्रदर्शनकारीलाई भेला हुन बन्देज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्