अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग प्रस्ताव पारित

काठमाडौं, ३ पुस । अधिकार दुरुपयोग गरेको अभियोगमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग प्रस्ताव पारित भएको छ ।

अमेरीकको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ जसमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि लगाइएको थियो जसको पक्षमा २२९ भोट खसेको थियो भने विपक्षमा १९८ मत परेको थियो ।

अब यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ । तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् । राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्काे महिना सामना गर्नुपर्नेछ ।

ट्रम्पले यसअघि ट्वीटरमा आफूले केही पनि नराम्रो नगरेको बताएका छन् । स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए । तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए ।

आफ्नो धारणा राख्दै पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा र्पुयाउनु दुस्खदायी भएको बताइन् । उनले सांसदहरूसँग त्यसको विकल्प नरहेको पनि बताइन् । उनले भनिन्, ‘राष्ट्रपति हाम्रो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रका लागि निरन्तर खतरा बनेका छन्।’ तर रिपब्लिकनहरूले भने त्यसको प्रतिवाद गरेका थिए ।

–बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्