अष्ट्रेलियामा अत्याधिक गर्मी, जोखिमको खतरा

काठमाडौं, पुस २ । नेपालमा चिसो बढिरहेका बेला उता अष्ट्रेलियामा भने अत्याधिक गर्मी भएको छ । यति सम्मकी गर्मीले नयाँ रेकर्ड कायम राखेको छ । मंगलबार ४०.९ डिग्रीको तापक्रम कायम रहेको थियो जुन अहिले सम्मकै उच्च हो सन् २०१३ मा ४०.३ डिग्रीको रेकर्ड तोड्दै मंगलबार नयाँ रेकर्ड कायम भएको हो ।

अष्ट्रेलियन मौसम विभागका अनुसार गर्मी बढेसँगै तातो हावाको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । मौसमविद्हरुले तापक्रम अझै बढ्न सक्ने अनुमान गरेका छन। यस हप्ताको सुरूमा पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिनसम्म ४० डिग्री तापक्रम मापन गरिएको थियो ।

औसत भन्दा माथिको तापक्रम, उच्च बतास, खडेरी र सुख्खा मौसमले अष्ट्रेलियाका धेरै स्थान जोखिममा रहेको बताइएको छ । अष्ट्रेलियामा तापक्रम बढ्नुको कारण जंगलमा लागेको डढेलो पनि रहेको विभागले बताएको छ ।

अष्ट्रेलियाका विभिन्न जंगलमा डढेलो लाग्नाले त्यहाँको मौसम बिग्रिएको हो । यसले गर्दा ६ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्