पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजायप्रति सेना असन्तुष्ट

एजेन्सी, काठमाडौं, २ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई लाहोर उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि पाकिस्तानी सेना असन्तुष्ट देखिएको छ ।

अदातलको फैसलापछि पाकिस्तानी सेनाले पूर्व राष्ट्रपति मुशर्रफको बचाउ गर्दै पूर्व सेना प्रमुख र राष्ट्रपतिविरुद्धको यस्तो फैसलाले दुःख पुगेको बताएको छ ।

पाकिस्तानको डीजी आईएसपीआरले पूर्व राष्ट्रपति मुशर्रफलाई अदालतले सुनाएको मृत्युदण्डलाई लिएर ट्वीट गर्दै पत्र शेयर गरेको छ । पूर्व सेना प्रमुख, स्टाफ कमिटीका संयुक्त प्रमुख र पूर्व राष्ट्रपति जसले ४० वर्षसम्म देशको सेवा गरे र यद्धमा भाग लिए, उनी देशद्रोही हुन सक्दैनन्– पत्रमा भनिएको छ ।

साथै पाकिस्तानी सेनाले पूर्व राष्ट्रपति मुशर्रफलाई सजाय दिने क्रममा संविधानको नजरअन्दाज गरिएको र आत्मरक्षाको फन्डामेन्टर लाइट को उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

साथै पाकिस्तानी सेनाले संविधानअनुसार परवेज मुशर्रफमाथि न्याय हुने विश्वास लिएको जनाएको छ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी समाचारपत्र द डनले जनाएको छ।

पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको यो पाकिस्तानको पहिलो घटना हो।

तीन जना न्यायाधीशहरूको इजलासले पूर्वसैनिक शासक मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाको पूर्णपाठ ४८ घन्टाभित्र आउने बताएको छ। जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्।

मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो। पूर्वप्रधानमन्त्री नवाज सरिफले मुसर्रफमाथि लागेको आरोपको सुनुवाइ गर्न विशेष अदालत गठन गरेका थिए।

सन् २०१३ मा मुसर्रफविरूद्ध देशद्रोहको मुद्दा दर्ता भएको थियो।

मंगलबार मात्रै पाकिस्तानको लाहोर उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनीमाथि देशद्रोह र सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेको विरुद्ध सजाय सुनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्