राष्ट्रियसभाका उम्मेदवारले ३ लाख ५० हजारभन्दा बढी खर्च गर्न नपाउने

काठमाडौं–निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका उम्मेदवारका लागि खर्चको अधिकतम सीमा तोकेको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा उम्मेदवारका लागि ३ लाख ५० हजारसम्मको अधिकतम खर्चको सीमा तोकेको छ ।  राष्ट्रियसभाका उम्मेदवारले विभिन्न १० शीर्षकमा गरी ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

उम्मेदवारले मतदाता नामावली खरिद शीर्षकमा १ हजार, सवारी साधनमा ७० हजार खर्च गर्न पाउनेछन् । त्यस्तै इन्धन शीर्षकमा १० हजार खर्च गर्न सक्नेछन् । त्यस्तै घोडा प्रयोग गरेमा घोडाको दानासमेत यसैमा समेटिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

त्यस्तै प्रचारप्रसार सामग्री १४ हजार ५ सय, ढुवानीमा १० हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि १ लाख, छापा तथा विद्युतीय माध्यममा प्रचारप्रसारका लागि १४ हजार ५ सय खर्च गर्न पाउनेछन् ।

त्यस्तै कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन र विविध शीर्षकमा ३०–३० हजार खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्