पाकिस्तानका पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय

काठमाडौं , पुस १ । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो ।उनी भने हाल पाकिस्तानमा छैनन् ।दुबईमा उनको उपचार भइरहेको छ ।

केही दिन अघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए ।आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ ।

देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्