चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको आइतबार राती निधन
काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको हो । उनको ५१ बर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण भने खुलेको छैन ।
उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् ।
भट्टराई तिन दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले ‘आफ्नो मान्छे, देवरबाबु, कर्मयोद्धा, छोडी गए पाप लाग्ला, पाहुना, सो सिम्पल’लगायतका चलचित्रमा बनाएका छन् र आफु पनि थुप्रै चलचित्रमा अभिनयसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्