दाङ र नवलपुरमा गरी पानीले सखाप पार्यो १३ करोडको इँटा

काठमाडौं, मंसिर २९ । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात करोड ७७ लाख क्षति भएको हो ।

दाङ देउखुरी इँटा व्यवसायी सङ्घका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इँटा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इँटाको मूल्य रु साढे तीन प्रतिगोटा रहेको र त्यसअनुसार रु सात करोड ७७ लाखको नोक्सानी भएको अध्यक्ष वलीले जानकारि दिए ।

घोराही क्षेत्रमा १४ तथा तुलसीपुर क्षेत्र र लमही क्षेत्रमा नौ÷नौवटा इँटा उद्योग रहेका छन् । इँटा ओताउने तयारीसमेत गर्न नभएका कारण एक्कासि पानी परेकाले विगतका वर्षमा भन्दा धेरै नोक्सान भएको अध्यक्ष वलीको भनाइ छ । इँटा पार्ने साँचोबाट इँटा झरेपछि लगानीकर्ताको हुने भएका कारण मजदुरभन्दा उद्योगी मारमा परेको व्यवसायीहरु बताउँछन् ।

यसैबीच ठूलो मात्रामा इँटा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले रु १३ प्रतिगोटा पाकेको इँटाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इँटाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाइ छ ।
रु पाँच करोडको इँटा क्षति
यता वर्षाका कारण नवलपुरका इँटा उद्योगमा पनि रु पाँच करोड बराबरको क्षति भएको छ ।

अकस्मात भएको वर्षाका कारण नवलपरासी पूर्व नवलपुरमा रहेका इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा पानीले क्षति पु¥याएको हो ।

एक करोड इँटाको लागतअनुसार करिब रु पाँच करोड बराबरको क्षति भएको सचिव गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्