सिन्धुपाल्चोक बस दुर्घटना : घाइतेहरुको पहिचान खुल्यो, १४ जनाको मृत्यु
काठमाडौं, मंसिर २९ । सिन्धुपाल्चोक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका- ७ स्थित ६ किलोमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आठ महिला, तीन पुरुष, एक बालिका र दुई बालक रहेका छन्। मृतकमध्ये अधिकांश सिन्धुपाल्चोक जुगल गाँउपालिकाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्। घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जनाकारी दिएका छन् ।
मृतक १४ जनामध्ये दोलखा भीमेश्वर नगरपालिका- ६ का जुनु तमाङकोमात्र सनाखत भएको प्रहरीले बताएको छ। दुर्घटनामा परी घाइते हुनेहरुमा अधिंकाश सिन्धुपाल्चोकको जुगल गाँउपालिकाका धेरै रहेका छन्।
वर्ष ३६ की गंगामाया तमाङ, जुगल गाउँपालिका वडा नम्बर ७ उनको दुई वर्षको छोरी आयुषा तमाङ , २२ वर्षका धनकाजी तमाङ , २४ वर्षकी रञ्जीता तमाङ, २६ वर्षकी हरिमाया तमाङ, ३७ वर्षका दोर्जे तमाङ, १६ वर्षका सागर तमाङ ,३० वर्षका दिपक तमाङ, २४ वर्षकी नैना तमाङ, दोलखा शैलुङ् गाँउपालिका वडा नम्बर २ का सहचालक गिपलव तमाङ ,भक्तपुरका सागर केसी, नाम नखुलेको ५र६ महिनाकी एक बालिका रहेका छन्।
घाइतेमध्ये सहचालक गिपलव तमाङ, सागर केसी, दोर्जे तमाङ र सागर तमाङलाई उपचारको लागि काठमाडौं ल्याएको छ । अन्य चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र बाँकी घाइतेको सिन्धुपाल्चोक खाडीचौरको सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्