धनुषा बम विस्फोटमा संलग्न विप्लव समूहका ३ जना पक्राउ
काठमाडौं, मंसिर २८ । धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीन जना पक्राउ परेका छन् ।
प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीका अनुसार दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको हो ।
पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् । ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्