काठमाडौंका पहिलो मेयर श्रेष्ठको निधन
काठमाडौं , मंसिर २७ । काठमाडौंका पहिलो जननिर्वा्चित मेयर जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । श्रेष्ठको निधन विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित श्रेष्ठको निधनमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शोक व्यक्त गरेका छन् । शाक्यलाई मेयर जिताउन काठमाडौंका पहिलो मेयर जनकमान २०७४ सालको चुनावमा आफैं मतदातामाझ पुगेका थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।
आजभन्दा ६६ वर्षअघि २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा श्रेष्ठ मेयर निर्वा्चित भएका थिए । यद्यपि उनी कम्युनिस्ट पार्टीका सदस्य थिएनन् ।
,
प्रतिक्रिया दिनुहोस्