बस र भ्यान एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु

काठमाडौं, मंसिर २७ । बस र भ्यान एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा दुर्घटना हुन पुगेको हो । यसरी ती दुई सवारी साधन ठोक्किँदा आगलागी समेत भएको बताएको छ ।

सडक दुर्घटनामा परी १३ जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

दुर्घटनाग्रस्त भ्यान बसमा कति यात्रुहरु यात्रा गरीरहेका थिए भन्ने बारेमा केही सूचना दिइएको छैन । यसको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्