३० प्रतिशत बोनस सेयर पछि मेरो माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

काठमाडौं । मेरो माइक्रोफाइनान्सको सेयरमूल्य सोमबार समायोजन भएको छ । माइक्रोफाइनान्सको ३० प्रतिशत बोनस सेयर दिइसकेपछि सेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले ३० प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा माइक्रोफाइनान्सको समायोजित सेयरमूल्य १७८८ रुपैयाँ कायम भएको स्रोतले जनाएको छ । कम्पनीको औसत आधारमूल्य १०३२ रुपैयाँ रहेको छ । यसअनुसार सोमबार मेरो माइक्रोफाइनान्सको सेयर १७८८ रुपैयाँमा कारोबार खुला हुनेछ । हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ६ करोड ६० लाख रुपैयाँले वृद्धि भएर २८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।३० प्रतिशत बोनस पारित गराउन लघुवित्तले असोज ३० गते पाँचौ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चुक्ता पूँजीको १२.१०५ प्रतिशत (कर सहित) नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

लघुवित्तले नुवाकोट विदुरमा रहेको होटल वाटर टावरमा असोज ३० गते विहान ११ स्३० बजे साधारणसभा बोलएको हो । साधारणसभाले ६ करोड ६० लाख रुपैयाँ बोनस तथा दुई करोड ६६ लाख ३१ हजार ५७८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साधारणसभाका लागि लघुवित्तले असोज २ गतेदेखि १० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार असोज १ गते आईतबारसम्म सेयर किनेका वा यसअघि कम्पनीको सेयरधनी कायम रहेका लगानीकर्ताले लघुवित्तले प्रस्ताव गरेको ३० प्रतिशत बोनस तथा चुक्ता पूँजीको १२.१०५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

गत आवमा लघुवित्तले ९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी ४२.१९ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्