सप्तरीमा ११ महिनामा २० वटा हत्याका घटना, अधिकांश फरार
काठमाडौं, मंसिर २५। पछिल्लो समय देशमा विभिन्न किसिमका हत्या हिंसाका घटना बढिरहेका छन् । देशमा दिनहुँ जसो मानिसको ज्यान गइरहेको छ भने जताततै अमानवीय घटनाहरु हुने क्रम बढेको छ ।
यसैबीच सप्तरीमा पछिल्लो ११ महिनाको अवधिमा २० वटा हत्याका घटना भएका छन् । हत्याका घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मंगलबार राजविराजमा भएको अन्तरक्रियामा आधारपत्रमार्फत यो तथ्यांक सार्वजनिक गरिएको हो ।
आधारपत्र प्रस्तुत गर्दै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सप्तरीमा ११ महिनाको अवधिमा भएका २० हत्या घटनामा नौ घटनाका अभियुक्त पत्ता नलागेका र पक्राउ नपरेको अवस्थाले गम्भीर बनाएको बताए ।
राज्यबाट एकसहित छोरा, बुबाआमा, पति, देवर, ससुरा अज्ञात र अन्यबाट भएको हत्या, गोली प्रहार, बम विष्फोट, अपहरण, बालिका बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटनामा वृद्धि भएको जानकारी दिँदै पोखरेलले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक तुल्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताए ।
महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटाले गरिबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, बालविवाह, बहुविवाह, दाइजो, कथित बोक्सी प्रथाले हिंसालाई बढावा दिइरहेको उल्लेख गर्दै घरेलु हिंसाकै कारण पछिल्लो समय आत्महत्याको घटनासमेत वृद्धि भएको जनाए ।
कतिपय परम्परागत संस्कृति र हानिकारक सामाजिक मान्यताले महिलाविरुद्धको हिंसा बढ्दो अवस्थामा रहेकाले नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए । महिलामाथि भइरहेको हिंसामा नजिकका नातेदारदेखि छिमेकी, साथी तथा महिलाकै पनि संलग्नता बढी देखिएको उनले प्रस्ट पारे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईँले मानवअधिकार उल्लङ्घन बढ्दा गम्भीर बनाएको उल्लेख गर्दै अपराध नियन्त्रण एवं अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
घरेलु हिंसा र अपराधको प्रमुख कारक बनेको मादक पदार्थ र लागुऔषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै एसपी प्रसाईँले फौजदारी अपराधका ८ सय ३६ सहित साढे ३ हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताए ।
कारक बनेको मादक पदार्थ र लागुऔषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै एसपी प्रसाईँले फौजदारी अपराधका ८ सय ३६ सहित साढे ३ हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताए ।
क्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटाले गरिबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, बालविवाह, बहुविवाह, दाइजो, कथित बोक्सी प्रथाले हिंसालाई बढावा दिइरहेको उल्लेख गर्दै घरेलु हिंसाकै कारण पछिल्लो समय आत्महत्याको घटनासमेत वृद्धि भएको जनाए ।
कतिपय परम्परागत संस्कृति र हानिकारक सामाजिक मान्यताले महिलाविरुद्धको हिंसा बढ्दो अवस्थामा रहेकाले नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए । महिलामाथि भइरहेको हिंसामा नजिकका नातेदारदेखि छिमेकी, साथी तथा महिलाकै पनि संलग्नता बढी देखिएको उनले प्रस्ट पारे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईँले मानवअधिकार उल्लङ्घन बढ्दा गम्भीर बनाएको उल्लेख गर्दै अपराध नियन्त्रण एवं अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
घरेलु हिंसा र अपराधको प्रमुख कारक बनेको मादक पदार्थ र लागुऔषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै एसपी प्रसाईँले फौजदारी अपराधका ८ सय ३६ सहित साढे ३ हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताए ।
प्रतिक्रिया दिनुहोस्