स्वावलम्बन लघुवित्त विकास बैंकद्वारा बाढीपहिरो पिडितलाई राहत वितरण

स्वावलम्बन लघुवित्त विकास बैंक लि.ले २०७४ श्रावण २८ गतेको भिषण बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित ८ जिल्ला मोरङ्ग, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा शाखा कार्यालय मार्फत १ हजार ८ सय ८६ ग्राहक सदस्यलाई राहत वितरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले प्रति सदस्य परिवार चामल, दाल, चिउरा, नुन र खानेतेल गरी रु.१३ लाख २० हजार २ सय रुपैया बराबरको राहत वितरण गरेको हो । त्यस्तै, प्रभावित सदस्यहरुले बैंकको जीवन तथा आवास सुरक्षा योजना अन्तरगतको नियमानुसार थप सुविधा समेत पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्