सिरियामा ६ जनामा श्वासप्रश्वासको समस्या

एजेन्सी – सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्याँस आक्रमण भएको छ । विद्रोहीले कब्जामा लिएको क्षेत्रमा उनीहरु विरुद्ध मिसाइल प्रहार गरिएको क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको हो ।

विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिएको छ । सिरियामा गृहयुद्ध शुरु भएदेखि नै क्लोरिन ग्यासको हमला भएका घटना पटकपटक आउने गरेका छन् । युद्धका क्रममा रासायनिक हतियार प्रयोग नगरिएको दाबी सरकारी अधिकारीहरुले गरेका छन् ।

मिसाइल आक्रमणका कारण दर्जनौं भवनहरुमा क्षती पुगेको छ । सिरियामा जारी गृहयुद्धका जारी कारण हजारौं मारिएका छन् भने लाखौं पलायन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्