उम्मेदवार र मुख्यमन्त्री छनौट गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं  । एमाले र माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मदेवार छनौट र मुख्यमन्त्री चयनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
यसअघि हिजो बसेको कार्यदलको बैठकमा भने कुनै औपचारिक छलफल हुन सकेन ।

उम्मेदवार र मुख्यमन्त्री छनौटका लागि गठन भएको कार्यदलको बैठक आज बस्ने कार्यदलका सदस्य तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

यसअघि ६०-४० को आधारमा राष्ट्रियसभा सदस्यको चयन गरिने अनौपचारिक सहमति भएको नेताहरुले बताएका छन् । तर उम्मेदवार र मुुख्यमन्त्री छनौटको आधारहरुका बारेमा भने अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्