निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश
काठमाडौँ, मंसिर २० । निर्माण प्रकृयामा रहेको बारा जिल्लास्थित दोस्रो निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालले आदेश दिएको छ । आदेशसंगै अब निर्माण प्रक्रिया तत्कालका लागि अघि बढ्न्ने छैन ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले विमानस्थलको काम यथास्थितिमा राख्न आदेश दिएसँगै निर्माण प्रकिया अघि नबढ्ने भएको हो ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले आदेश दिएको हो ।
सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रिट निवेदकहरुले निवेदनको अन्तिम टुंगो नलागेसम्म विमानस्थल निर्माण कार्य अघि नबढाउनु भनी तत्काल अन्तरिम आदेशको माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्