सागः गौरिकाले फेरि जितिन् दोस्रो स्वर्ण पदक

काठमाडौं , मंसिर २० । पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोस्रो स्वर्ण जितेकी छन् ।

शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धा्रित दुरी २ मिनेट १७.७७ सेकेण्डमा पूरा गरिन् । सागमा उनको यो दोस्रो स्वर्ण हो ।

यो स्पर्धामा भारतीय खेलाडीले रजत र श्रीलंकन खेलाडीले कास्य पदक जिते ।

प्रतिक्रिया दिनुहोस्