सिद्धबाबा थप ७ दिन प्रहरी हिरासतमै बस्ने

काठमाडौं, मंसिर २० । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेको छ । अब उनी थप ७ दिन प्रहरी हिरासतमै बस्नेछन् ।

अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो ।

यसअघि प्रहरीले ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले उनलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्