अमेरिकाका सहायक रक्षामन्त्री स्क्रीभर काठमाडौंमा , भेटे प्रधानसेनापतिलाई
काठमाडौं, मंसिर १९ । अमेरिकाका सहायक रक्षामन्त्री स्क्रीभर काठमाडौं आएका छन् । यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकाका सहायक रक्षामन्त्री रान्डल स्क्रीभरबीच भेटवार्ता भएको छ ।
बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटमा सैन्य सहायता, नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा अमेरिकी सहयोग सम्बन्धमा छलफल भएको जनाइएको छ ।
छलफलबाट नेपाली सेनाको विश्व शान्ति स्थापनामा थप सहयोग पुग्ने विश्वास सेनाले लिएको छ । विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा अमेरिकी सहयोग सम्बन्धमा छलफल भएको जनाएको छ । यस छलफलले नेपालको शान्ति सुरक्षामा केहि सहयोग पुग्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्