न्यायपरिषद् सदस्य वैदिकद्वारा राजिनामा

काठमाडौं मंसिर १९ । न्यायपरिषद्का सदस्य पदम वैदिकले पदबाट राजिनामा दिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लिखित राजिनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले बिहीबार जानकारी दिए । वैदिकले बुधबार राजिनामा बुझाएका थिए ।

स्रोतका अनुसार वैदिक सर्वोच्च अदालतको न्यायाधीश बन्ने दौडमा छन् । न्याय परिषद्‍मा रहेर आफैंले आफैंलाई सिफारिस गर्न नमिल्ने भएकाले वैदिकले राजिनामा दिएका हुन् ।

न्यायाधीश केदारप्रसाद चालिसेले अवकास पाएपछि सर्वोच्चमा एक न्यायाधीशको पद रिक्त छ । स्रोतका अनुसार सोही स्थानमा न्यायाधीश हुनका लागि उनले राजिनामा दिएका हुन् ।

०७३ कात्तिकमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी परिषद्को सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्