राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं  । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

प्रदेश १ का लागि मोरङ,  प्रदेश २ का लागि धनुषा, प्रदेश ३ का लागि ललितपुर, प्रदेश ४ का लागि कास्की, प्रदेश ५ का लागि दाङ, प्रदेश ६ का लागि सुर्खेत र प्रदेश ७ का लागि डोटीमा कार्यालय स्थापना भएका छन्।

तोकिएका जिल्लाहरुको सदरमुकाममा निर्वाचन कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ। आयोगले बिहिबारै सातजना न्यायाधीसलाई प्रदेशको निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्