काठमाडौं उपत्यकामा चल्ने गाडीमा जोर विजोर प्रणाली लागू
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर र बिजोर प्रणाली लागू हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिन चक्रपथभित्र चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेको हो ।
अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने भएकाले आज(आइतबार) बिजोर नम्बर प्लेट भएका सवारीसाधन मात्र प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
ट्राफिक प्रहरीले मंसिर २४ गते सागको समापनका दिन पनि जोरविजोर प्रणाली लागू गर्ने भएको हो ।यो नियम अत्यआवश्यक सवारीहरु दमकल, एम्बुलेन्स, पानी बोकेका सवारीलगायतमा भने लागू हुने छैन ।















प्रतिक्रिया दिनुहोस्